
काठमाडौं : काठमाडौंको पिंगलास्थान क्षेत्रमा लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा एक जना भारतिय नागरिक घाइते भएका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले प्राप्त सूचनाका आधारमा सम्भावित कारोबार स्थलमा पुगेर निगरानी तथा कारबाही अघि बढाएको थियो। प्रहरी टोलीले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा परिस्थिति तनावपूर्ण बनेपछि गोली चलाइएको स्रोतले जनाएको छ।

गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल नियन्त्रणमा लिइएको छ। उनको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीले घटनास्थलबाट करिब एक किलोग्राम अवैध लागूऔषध ‘ब्राउन सुगर’ बरामद गरेको जनाएको छ, जुन ठूलो परिमाणमा मानिन्छ।
घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली समेत परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस कार्यप्रति सबैले प्रहरीको प्रशंसा गरेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ठूलो परिमाणमा लागुऔषध भित्र्याउने प्रयास रोक्न यो अपरेसन आवश्यक थियो। स्थानीयबासी, जनप्रतिनिधि र उच्च अधिकारीहरूले पनि उक्त कदमको सराहना गरेका छन्।
साथै ,स्थानिय जनप्रतिनिधीका अनुसार बरामद लागुऔषधको परिमाण निकै ठूलो रहेकोले त्यसलाई नियन्त्रणमा लिन प्रहरीले देखाएको सक्रियता अत्यन्त प्रशंसनीय रहेको बताएका छन्।



