दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ। मंगलबार बिहान दार्चुलाको बंगाबर क्षेत्रमा रहेको एक बियर बार रहेको घरको पछाडिपट्टि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनास्थलको अवस्था हेर्दा हवल्दार घर्तीको हत्या भएको आशंका गरिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। हवल्दार घर्ती सामुदायिक प्रहरी केन्द्रमा कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय