ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेमा वृद्ध दम्पतीको हत्या प्रकरणमा अभियुक्तहरूले काठमाडौंमै योजना बनाएर हत्यास्थल पुगेको तथ्य खुलेको छ।

प्रहरी अनुसन्धानअनुसार गत २०८२ माघ १२ गते ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राईको घरमा लुटपाट गर्ने उद्देश्यले अभियुक्तहरूले पूर्वयोजना बनाएर घटना घटाएका हुन्। लुटपाटको क्रममा वृद्ध राई दम्पतीको हत्या भएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय