वीरगञ्ज — सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जबाट भन्सार छलेर ल्याइएका १८ लाखभन्दा बढी मूल्य बराबरका कपडा बरामद गरेको छ।

बिहीबार सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१ अन्तर्गत छपकैया र नदिया टोलस्थित गोदामहरूमा छापा मारेर उक्त कपडा बरामद गरेको हो। बरामद कपडाको बजार मूल्य रु १८ लाख ५५ हजार ३५५ बराबर रहेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार बरामद सामग्रीहरू बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको असार १० गतेसम्म देशभरबाट रु ३८ करोडभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको जनाएको छ। भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ मूल्य बराबरका सामानहरू भन्सार कार्यालयमा दाखिला गरेका छौँ,” सूचना अधिकारी सिंहले भने, “सोही अवधिमा बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्यका सामग्रीहरू राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय