
सिन्धुली — लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोस्टबाट एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ भने दुई जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ।
भिमानस्थित बी.पी. राजमार्गमा खटिएको इलाका प्रहरी कार्यालय भिमानको टोलीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०४–००१ ज ०१५५ नम्बरको यात्रुबाहक ईभी भ्यानलाई चेकजाँच गर्ने क्रममा सिट नम्बर ६ मा सवार यात्रु, सर्लाही बरहथवा नगरपालिका–७ का करिब ३० वर्षीय विक्रम चौधरीलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

नाइट्राभेट (NITRAVET-10) – २,८८० ट्याबलेट बरामद साथै , ट्रामाडोल (TRAMADOL) – २९,००० क्याप्सुल बरामद गरिएको एसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।
चौधरीलाई सम्मानित जिल्ला अदालत सिन्धुलीको आदेशमा थुनामा राखिएको छ। काठमाडौंबाट पक्राउ परेका अन्य दुईजनालाई पनि सिन्धुली ल्याउने प्रक्रिया अगाडि बढिरहेको एसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।



