काठमाडौं — प्रहरी प्रभाग नागढुंगाका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) हिक्मत बहादुर थापा जेष्ठ महिनाको “Best Police of the Month” (उत्कृष्ट प्रहरी) घोषित भएका छन्।

उपत्यकाको मुख्य प्रवेशद्वारको रूपमा रहेको प्रहरी इकाइको नेतृत्व गर्दै इन्सपेक्टर थापाले assigned जिम्मेवारी अत्यन्तै जिम्मेवारीपूर्वक र प्रभावकारी ढंगले निर्वाह गर्दै आएका छन्। अपराध नियन्त्रण, भन्सार राजस्व चुहावट रोकथाम, लागू औषध कारोबार नियन्त्रण तथा तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ जस्ता कार्यमा उहाँले उल्लेखनीय सफलता हासिल गरेका छन्।

थापाको नेतृत्वमा १२.१७६ किलोग्राम चाँदीसहित अभियुक्तलाई पक्राउ गरिएको छ भने २७४ ग्राम सुनसहित एक जना भारतीय नागरिकसमेत नियन्त्रणमा लिइएको थियो। यस्ता उदाहरणीय कार्यले प्रहरी संगठनको नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन भएको प्रमाणित गर्दछ।

उनको यो योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी वृत्त थानकोटद्वारा २०८२ साल जेठ महिनाको “Best Police of the Month” को सम्मान प्रदान गरिएको हो।

प्रहरी संगठनले इन्सपेक्टर थापाको कार्यशैलीप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनहरूमा अझ उत्कृष्टता हासिल गरी अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय