काठमाडौं — जनसेवा प्रहरी वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले प्रहरी सई सुशिल न्यौपानेलाई “पुलिस अफ द मन्थ” पुरस्कारद्वारा सम्मानित गरेका छन्।

सई न्यौपानेलाई दिइएको जिम्मेवारीलाई इमान्दारीपूर्वक, अनुशासित र उच्च मनोबलका साथ निर्वाह गर्दै समाजमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकमा सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।

पुरस्कार वितरण कार्यक्रममा डीएसपी चन्दले सबै प्रहरी कर्मचारीलाई इमान्दारीपूर्वक कार्य सम्पादन गर्न प्रेरित गर्दै, “ईमान्दारीका साथ काम गर्ने जो कोहीले पनि यसरी सम्मानित हुने मौका पाउने छन्,” भनी उल्लेख गरे। साथै उनले सई न्यौपानेलाई बधाई दिँदै संगठनको श्रीवृद्धिका लागि निरन्तर उदाहरणीय भूमिका निर्वाह गरिरहन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय