
काठमाडौं । सशस्त्र प्रहरीले इलामको सुर्योदय नगरपालिका–२ चारमाइलबाट अवैध रूपमा ल्याइँदै गरेको ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएको गहनासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेको सशस्त्र प्रहरी बल नेपालका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनीहरू दुवै जनाको स्थायी ठेगाना भारतको हिमाञ्चल प्रदेश रहेको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले उनीहरूलाई भारततर्फ जाँदै गर्दा शंका लागि चेकजाँच गर्दा १७ किलो ४ सय ग्राम चाँदी र पाँच किलो सुनको जलप लगाइएको गहना र मालासहित नियन्त्रणमा लिएको हो।



