काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले मनोद्विपक पदार्थ ट्रामाडोल (Tramadol HCL) का ७२ हजार ९०० ट्यावलेट सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट एक स्कुटर र एक मोबाइल समेत बरामद गरिएको ब्यूरोले जनाएको छ।  

ब्यूरोका एसपी दुर्गा राज रेग्मीका अनुसार २०८३ असार २८ गते लागू औषध कारोवार हुन सक्ने उच्च जोखिमयुक्त स्थानहरूमा निगरानी गर्ने क्रममा काठमाडौं महानगरपालिका–६, कुमारीगालबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनार र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।

उनीहरूको साथबाट ट्रामाडोल ७२,९०० क्याप्सुल, बा.५७ प २४२७ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्यूरोले जनाएको छ।

घटनाका सम्बन्धमा पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय