
सुरक्षा सरोकार — गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीलाई नगद पुरस्कार प्रदान गरेका छन्।
हाल नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल, काठमाडौँमा दरबन्दी रहेका मरासिनी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन समादेशकको रूपमा कार्यरत रहँदा संगठनको नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी अत्यन्त इमान्दार, वफादार र व्यावसायिक ढंगले निर्वाह गरेको उल्लेख गर्दै सम्मान गरिएको हो।

उनले तालिम केन्द्रको भौतिक पूर्वाधार तथा दिगो विकासमा अतुलनीय योगदान पुर्याउनुका साथै सम्पूर्ण तालिम कार्यक्रमहरू त्रुटिरहित रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मरासिनीको सोही कार्यकुशलता, समर्पण र लगनशीलतालाई मूल्याङ्कन गर्दै डीआईजी आचार्यद्वारा नगद १५,००० रुपैयाँसहित पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ।



