इलाम — माई नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा इलामको लोदिया दानाबारी प्रहरी चौकी क्षेत्रअन्तर्गतका २१ स्थानमा नयाँ सिसिटिभी (CCTV) क्यामरा जडान गरिएको छ।

प्रहरी चौकी लोदिया दानाबारीबाट सीधा अनुगमन गर्न सकिने गरी सिसिटिभीहरू माई नगरपालिका वडा नं. २ सितली, वडा नं. ४ शुक्रबारे बजार क्षेत्र, प्रहरी चौकी परिसर, हिरासत कक्ष तथा प्रमुख सडकखण्डहरूमा जडान गरिएको हो।

यस निगरानी प्रणालीको मुख्य उद्देश्य सम्भावित आपराधिक गतिविधिहरूलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने र त्वरित सुरक्षा प्रतिक्रिया सुनिश्चित गर्नु रहेको छ। आधुनिक प्रविधिको प्रयोगबाट जनसुरक्षामा अभिवृद्धि हुने प्रहरीको विश्वास छ।

यस सम्बन्धमा इलामका  (एसपी) एकनारायण कोईरालाले भन्नु भयो , “सीसीटीभी जडानले सुरक्षा व्यवस्था अझ मजबुत हुने र आपराधिक घटनाहरूमा छिटो प्रतिक्रिया दिन सहज हुनेछ। यसले नागरिकमा सुरक्षा भावना बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

यस नयाँ प्रणालीमार्फत इलामका विभिन्न भागहरूमा निगरानी कडा बनाइएर जनताको जीवन र सम्पत्तिको सुरक्षा थप सुनिश्चित गर्ने लक्ष्य रहेको समेत एसपी कोईरालाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय