
काठमाडौं, टोखा — मंगलबार दिउँसो टोखामा प्रहरीको गोली प्रहारबाट दुई व्यक्ति घाइते भएका छन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा एक समूहलाई पछ्याउने क्रममा गोली चलाएको हो।

घटनाबारे जानकारी दिँदै व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको पुष्टि गरे।
घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको कोइरालाले जानकारी दिए। तर, घाइतेको पहिचान खुलाइएको छैन।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।



