इलाम – इलाम नगरपालिकामा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाम नगरपालिका वडा नं. ७ स्थित टुडिखेल नाङलो रेष्टुरेन्ट अगाडि पार्किङ गरी राखिएको प्र.१–०१–०१८ प १७२४ नम्बरको कालो रंगको रोयल इन्फिल्ड मोटरसाइकल अज्ञात व्यक्तिहरूले चोरी गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय इलाम र ट्राफिक प्रहरी कार्यालय इलामबाट संयुक्त टोली खटिएको थियो।

प्रहरी टोलीले खोजी गर्ने क्रममा इलाम नगरपालिका वडा नं. ८ तिल्केनीबाट उक्त मोटरसाइकलसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो।

पक्राउ परेका अभियुक्तहरूमा सुमन तमाङ र भूपेन्द्र कडेरिया रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत इलाममा पेश गरिई २०८२ साल जेठ ११ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय