
नेपालगन्ज, जेठ १२ – बाँकेको नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापा पुरस्कृत भएका छन्। संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरुण बमले सई थापालाई प्रहरी रेकर्डमा आउने गरी सम्मानित गरेका हुन्।
वडा प्रहरी कार्यालयको आन्तरिक मूल्यांकन समितिले सई थापाको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कृत गरेको जानकारी वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको छ।

त्यस्तै, कार्यालय तथा मातहत युनिटमा कार्यरत अन्य ६ जना प्रहरी कर्मचारीहरूलाई पनि उत्कृष्ट कार्यका आधारमा पुरस्कृत गरिएको छ।



