काठमाडौँ – पछिल्ला दशकहरूमा गृहमन्त्री बन्ने अधिकांश नेपाली काँग्रेसका नेताहरू बारम्बार विवादमा तानिने क्रम रोकिएको छैन। सरकारको सबैभन्दा संवेदनशील मन्त्रालयमध्ये एक गृहमन्त्रालयको नेतृत्व गर्दा जिम्मेवारीको गम्भीरता र संयमित कार्यशैली अपेक्षित हुन्छ। तर, राजनीतिक हस्तक्षेप, सल्लाहकारहरूको प्रभाव, र प्रशासनिक अनुभवको अभावले गर्दा काँग्रेसका गृहमन्त्रीहरू विवादका केन्द्रमा पर्न थालेका छन्।

एकजना पूर्व प्रहरी एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार, काँग्रेस नेतृत्वको गृहमन्त्रालयमा देखिने समस्या र असफलताको मूल कारणहरू यस्ता छन्:

मूल कारणहरू:—

१. साझा व्यक्तित्वको अभाव

काँग्रेसको गृहमन्त्रीलाई सबै गुट, पंक्ति र निकायले “साझा” नेतृत्वको रूपमा स्वीकार गर्न सक्ने अवस्थामा कहिल्यै स्थापित गर्न सकिएन। पार्टीभित्रकै असहमतिहरू, गुटगत लडाइँ र विश्वासको संकट गृहमन्त्रीलाई कमजोर बनाउने प्रमुख कारक बन्न पुगे।

२. ब्यूरोक्रेटिक सन्तुलनको कमी

गृह सचिवालयमा प्रजातान्त्रिक मूल्यमा विश्वास गर्ने, अनुभवी क्याडरहरूको प्रवेश हुन नसक्नु, अथवा आए पनि मन्त्री र सचिवबीच मल्लयुद्ध हुनु, नीति कार्यान्वयनमा ठूलो बाधक बन्यो। नीति र प्रशासनबीचको सहकार्य विहीनता विवाद उत्पन्न गर्ने मूल जरा हो।

३. कर्मचारीतन्त्रमा दलाल प्रवृत्तिको वर्चस्व

मन्त्री र असल कर्मचारीहरू बीच ‘ब्रिज’ बन्नुपर्ने सल्लाहकार र कर्मचारीहरू नै बिचौलिया र स्वार्थी शैलीका हुँदा निष्ठावान कर्मचारीहरू ओझेलमा परे। यसले गृहमन्त्रीको निर्णय प्रक्रियालाई अपारदर्शी बनायो।

४. रणनीतिक असक्षमता र सूचनाको अभाव

अन्य राजनीतिक दलहरूका दिर्घकालीन रणनीति बुझ्न नसक्नु, सुरक्षाक्षेत्रको गहिरो अध्ययन नगर्नु, तहगत सूचनाको एकीकृत प्रणाली निर्माण गर्न नसक्नुले गृहमन्त्रीलाई कमजोर बनायो।

५. कर्मचारी छनोटमा कमजोरी

गृहमन्त्रीहरूले गलत, अव्यवसायिक, आर्थिक रूपमा कमजोर कर्मचारीहरूलाई प्राथमिकता दिए, जसले शासन सुदृढीकरणमा बाधा पु¥यायो।

६. गुटगत राजनीतिमा लिप्तता

गृहमन्त्रीहरू सधैँ पार्टीको गुटगत राजनीतिमा रमाउने, प्रशासनिक जिम्मेवारीभन्दा राजनीतिक स्वार्थलाई अगाडि राख्ने प्रवृत्तिले संस्थागत क्षति पुर्यायो।

७. दम्भ र व्यवहारिक खाडल

पद सम्हाल्नासाथ आफूलाई उच्च दर्जाको नागरिक ठान्ने, आफ्ना वरिष्ठ र अनुभवी व्यक्तिहरूप्रति सम्मान नदेखाउने प्रवृत्तिले अप्ठेरो वातावरण सृजना गर्‍यो।

८. सल्लाहको प्राथमिकता

निष्ठावान कार्यकर्ताको सुझावभन्दा पारिवारिक व्यक्ति, विशेषगरी धर्मपत्नीको आदेशलाई प्राथमिकता दिने प्रवृत्तिले गम्भीर निर्णयहरू प्रभावहीन बनायो।

९. सरुवा–बढुवामा असक्षमता र भ्रष्ट प्रथा

प्रहरी, प्रशासन लगायतका निकायहरूमा सरुवा–बढुवा अर्थलाभका आधारमा गर्न थाल्दा स्वच्छ छविका कर्मचारीहरूको मनोबल गिर्दै गयो।

१०. सिन्डिकेट संस्कृति र सचिवालयको असर

गृहमन्त्रीको सचिवालयमा विगतदेखि सिन्डिकेटमा रमाउने समूहका कर्मचारीहरू रहने चलनले स्वच्छ र सक्षम नेतृत्व असफल बनाउँछ।

११. मौन समर्थनको दोष

गृहमन्त्रीहरू आफैं समर्थक प्रजातान्त्रिक चरित्रका कर्मचारीहरूमाथि बारम्बार प्रहार हुँदा पनि मौन बस्ने प्रवृत्ति देखिन्छ।

१२. वरिष्ठको अपमान र प्रतिशोधी नीति

गृहमन्त्री पदमा पुगेको भोलिपल्टदेखि नै आफूभन्दा जेष्ठ अधिकारीहरूसँग द्वेष राख्ने प्रवृत्तिले संस्थागत मर्यादा खल्बल्याएको छ।

सम्भावित समाधान र सुधारका उपायहरू —

१.नेतृत्व चयनमा स्पष्ट मापदण्डको आवश्यकता

गृहमन्त्री चयन गर्दा पार्टीले स्पष्ट मापदण्ड तय गर्न आवश्यक छ। अनुभव, समावेशिता, र संस्थागत समझ भएका नेताहरूलाई मात्र यस्तो संवेदनशील पदमा नियुक्त गर्नुपर्छ।

२.सचिवालय र सल्लाहकार टोलीको गुणस्तरीय निर्माण

गृहमन्त्रीको सचिवालयमा दक्ष, इमानदार र स्वच्छ छविका व्यक्तिहरू समावेश गरिनु पर्छ। यी व्यक्तिहरू मन्त्री र प्रशासनबीच सेतुका रूपमा काम गर्न सक्ने क्षमतावान हुनुपर्छ।

३.सरुवा, बढुवा तथा नीति निर्माणमा पारदर्शिता

सुरक्षा निकायहरूमा सरुवा, बढुवा र नीति निर्माण प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्नुपर्छ। यसका लागि डिजिटल प्रणालीको प्रयोग र स्वतन्त्र अनुगमन संयन्त्र आवश्यक छ।

४.पेशागत स्वतन्त्रताको सम्मान

सुरक्षाक्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट जोगाउँदै, पेशागत स्वतन्त्रताको पूर्ण सम्मान गर्नुपर्छ। सुरक्षा निकायको कार्य सम्पादन राजनीति भन्दा माथि हुनुपर्छ।

५. सार्वजनिक जवाफदेहिताको प्रवर्द्धन

गृहमन्त्रीको कार्यसम्पादन जनतासामु पारदर्शी बनाउनुपर्छ। नीति, निर्णय र प्रगति विवरण नियमित रूपमा सार्वजनिक गरिनुपर्छ, जसबाट नागरिकको विश्वास कायम रहन सकोस्। इत्यादि…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय