रुपन्देही, जेठ १० – इलाका प्रहरी कार्यालय सालझण्डीको आयोजनामा र SUPER परियोजनाको सहकार्यमा रुपन्देहीको सैनामैना नगरपालिका–५, बुद्धनगरस्थित Wisdom Academy को सभाहलमा एकदिने लागू औषध दुव्र्यसन तथा ट्राफिक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यालय प्रतिनिधि र समुदायका विभिन्न क्षेत्रका ८९ जना सहभागी थिए। सहभागीलाई लागू औषधको नकरात्मक असर र ट्राफिक नियमको महत्वबारे सचेत गराइएको थियो।

प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले समाजमा फैलँदो लागू औषध समस्या र ट्राफिक दुर्घटनाको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्दै, “सचेतना नै सुधारको पहिलो र सबल माध्यम हो,” भन्दै हरेक नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

कार्यक्रमले विशेषगरी किशोर–किशोरी र युवा वर्गलाई लक्षित गर्दै उनीहरूलाई नकारात्मक प्रवृत्तिबाट टाढा राख्न र समाजमा सकारात्मक भूमिका निर्वाह गर्न उत्प्रेरित गर्‍यो।

सहभागीहरूले यस्ता कार्यक्रमको प्रभावकारिता र आवश्यकता औंल्याउँदै नियमित आयोजना गर्नुपर्ने सुझाव दिएका थिए। नगर प्रतिनिधिहरूले पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमले प्रहरी–समुदाय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै लागू औषध नियन्त्रण अभियानमा नयाँ उर्जा थपेको आयोजकको निष्कर्ष छ। यसले सामाजिक रूपान्तरण र सुरक्षित समाज निर्माणतर्फ एक सकारात्मक संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय