काठमाडौं – वैदेशिक रोजगारीको सपना देखाउँदै ‘उत्तर म्यासेडोनिया पठाउँछु’ भन्ने बहानामा रमेश बोहरा नामका व्यक्तिले एक चिनजानका युवाबाट ५० हजार रुपैयाँ असुलेको खुलासा भएको छ। पीडित युवा भिसा प्रक्रिया अन्तर्गत दिल्लीस्थित VFS (Visa Facilitation Services) को गेटसम्म पुगेपछि, बोहराले फेरि अर्को ५० हजार नदिए भिसा सबमिट हुँदैन भनेर धम्की दिएको गम्भीर आरोप लागेको छ।

पीडितका अनुसार, प्रारम्भिक सहमति यस्तो थियो— भिसा आइसकेपछि मात्र बाँकी रकम बुझाउने। सोही आधारमा पहिलो किस्तामा ५० हजार बुझाइएको थियो। तर अहिले प्रक्रिया अन्तिम चरणमा पुगेका बेला बोहराले सम्झौता विपरित थप रकम माग्दै “पैसा नदिए नेपाल फर्किनुपर्छ” भन्ने दबाब दिइरहेका छन्।

पीडितले सो वार्तालापको अडियो प्रमाण र आवश्यक कागजातहरू सुरक्षित राखेका छन्। “शुरुमा मिठा कुरा गरेर विदेश पठाउने सपना देखाए, अहिले VFS गेटसम्म पुर्‍याएर फसाउने काम भइरहेको छ,” पीडितको गुनासो छ।

वैदेशिक रोजगारीका नाममा ठगी दोहोरिन थालेको संकेत

यो घटना नेपालमा विदेश जाने चाहना राख्ने युवामाथि भइरहेको दलाली र आर्थिक शोषणको प्रतिनिधि उदाहरण हो। VFS जस्तो अन्तर्राष्ट्रिय प्रतिष्ठा भएको संस्थाको नाम दुरुपयोग गर्दै गरिने यस्ता गतिविधिले वैदेशिक रोजगार प्रक्रिया नै शंकाको घेरामा ल्याइरहेको छ।

श्रम अधिकारकर्मीहरू भन्छन्— “यस्ता घटनाको तुरुन्त छानबिन हुनुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ। राज्यले युवाहरूलाई सुरक्षित र पारदर्शी वैदेशिक रोजगार प्रणाली उपलब्ध गराउन अझ गम्भीरता देखाउन आवश्यक छ।”

पीडितले  सम्झौता अनुसार नभए मिडिया हुदैं प्रहरी प्रशासन  र सम्बन्धित नियामक निकायहरूलाई ठगीमा संलग्न रमेश बोहराको पहिचान गरी कारबाही गर्न अपिल गर्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय