काठमाडौं —भक्तपुरको ठिमी नगरपालिका–२ स्थित दिव्यस्वरी क्षेत्रबाट नक्कली प्रहरी इन्स्पेक्टर बनेर हिँड्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भएका २३ वर्षीय सुजन गिरी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, उनलाई  नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट नियन्त्रणमा लिइएको हो।

गिरीले आफ्नो मोबाइलको वालपेपरमा प्रहरी इन्स्पेक्टरको पोशाकमा खिचिएको फोटो राखेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरेका थिए। नक्कली प्रहरी बनेर सार्वजनिक स्थानमा अशान्ति फैलाउँदै हिँडेको भन्ने उजुरीपछि ठिमी प्रहरी वृत्तले तत्काल अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको हो।

हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दुण्डीराज न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय