काठमाण्डौं—पछिल्लो समय उत्पन्न क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। भारतसँग सिमा जोडिएका क्षेत्रहरूमा हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्न सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग सहकार्यमा संयुक्त गस्ती, सघन पट्रोलिङ र सूचनाको आदान–प्रदानलाई तीव्रता दिएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार एक बोर्डर आउट पोस्ट (बीओपी) बाट अर्को बीओपीसम्म २४ घण्टा निरन्तर गस्ती भइरहेको छ। अनाधिकृत घुसपैठ र सीमावर्ती गतिविधिमा निगरानी राख्न सशस्त्र प्रहरी प्रधान कार्यालयले सबै सीमा बाहिनीपतिहरूलाई विशेष निर्देशन दिएको छ। बाहिनी मुख्यालयहरूले उक्त निर्देशनको आधारमा सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिरहेका छन्।

सीमा क्षेत्रमा आवतजावत गर्नेको परिचय पत्र जाँच तथा अभिलेख राख्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ। सम्भावित स्थानहरूमा निगरानी, चेकजाँच तथा सुक्ष्म सूचनाको संकलन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सशस्त्र प्रहरीले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदानलाई सशक्त बनाएको छ। सीमामा वारपार गर्ने व्यक्तिहरूको गतिविधिमा कडाइका साथ निगरानी भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय