काठमाण्डौं—:सिरहाबाट ठुलो परिमाणमा लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्। प्रहरीले लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार दिउँसो २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरू बोरा भित्र ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखिएको २ सय १३ बोतल गरी जम्मा ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध बरामद गरिएको छ।

त्यसैगरी, उनीहरूले प्रयोग गरेको दुई थान मोटरसाइकल र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय