काठमाण्डौ — जबरजस्ती करणी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका फरार अभियुक्त रबिन तामाङलाई प्रहरीले साउदी अरबबाट नेपाल ल्याएको छ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-५, सुरी डाँडा टोल निवासी ‘बागसिं’ उपनामले चिनिने रबिन तामाङलाई बिहीबार नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउदीबाट आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमै पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा फरार रहेका तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२३ अगस्ट २१ मा रेड नोटिस जारी गरेको थियो। यसै अनुरुप उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्न प्रक्रिया अघि बढाइएको थियो।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि उनलाई प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय