झापा, वैशाख १८ गते। झापाको बाह्रदशी गाउँपालिका–५ स्थित बिक्रम बिकास मेडिकलकी सञ्चालिका ३९ वर्षीया बन्दना पोखरेललाई प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित प्रहरीले पक्राउ गरेको छ।

वैशाख १७ गते उक्त मेडिकलमार्फत लागूऔषधजन्य औषधीहरू बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेडिकलमा छापा मारेको थियो।

छानबिनका क्रममा ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टिकफ ४७० ट्याब्लेट, र डाइक्लोमिन ३,९८० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल पोखरेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय