
काठमाण्डौं—उदयपुर प्रहरीले दुई नाल अवैध भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–७ निवासी २६ वर्षीय सन्तोष मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल रौतामाई गाउँपालिका–७ स्थित संगमचोकमा रहेको प्रहरी चेक पोस्टमा चेकजाँचका क्रममा मगरलाई पक्राउ गरिएको हो।

चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको एक नाल लोड भएको भरुवा बन्दुक र अर्को एक नाल बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको प्रहरी प्रमुख एसपी हरिहर नाथ योगीले जानकारी दिए।
पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



