काठमाण्डौं, १२ बैशाख — जिल्ला प्रहरी कार्यालय इलामले आज इलाम नगरपालिकाका विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरी निरीक्षक सञ्जिव बोगटीको कमाण्डमा खटिएको टोलीले इलाम नगरपालिकाका विभिन्न वडाहरूमा विशेष निगरानीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–४ पिपलबोटेका सन्तोष भन्ने सन्तवीर तामाङ (९६० मिलिग्राम ब्राउनसुगरसहित), इलाम नगरपालिका–६ का २९ वर्षीय नानु भन्ने विजय नेम्बाङ लिम्बू (१.९३० ग्राम), सन्दकपुर गाउँपालिका–४ माबुका ३० वर्षीय चेतबहादुर गुरुङ (३६० मिलिग्राम), इलाम नगरपालिका–७ का २७ वर्षीय सुप्रिम देवान र इलाम नगरपालिका–८ स्थित जिरो क्षेत्रमा गाडी ग्यारेज सञ्चालन गर्दै आएका झापा बिर्तामोड नगरपालिका–५ का ३१ वर्षीय रोहित आलम रहेका छन्।

पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय