काठमाण्डौं— काठमाडौँको शंखरापुर नगरपालिका–९ सानागाउँमा पत्नीको हत्या गरी फरार रहेका आरोपीलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार वैशाख ७ गते तामाङले पुतली तामाङको खुकुरी प्रहार गरी हत्या गरेका थिए। मृतक पुतली सिन्धुली माइती भएकी थिइन् र हाल शंखरापुरमा आफ्ना दुई सन्तानसँग बस्दै आएकी थिइन्। पछिल्लो तीन महिनादेखि पदम पनि उनीहरूसँगै बस्दै आएका थिए।

हत्या घटनामा मृतककी १० वर्षीया छोरी संजिता तामाङ र ११ वर्षीय छोरा रिदम तामाङ पनि घाइते भएका छन्। उनीहरूको हात र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय