काठमाण्डौं— वैशाख २ मा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि संगठनमा एक एआईजीको दरबन्दी रिक्त भएको छ।

गौतम २०५२ मा नेपाली सेनामा भर्ती भई २०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। अब रिक्त एआईजी पदमा बढुवा हुने व्यक्तिले आगामी २०८४ मा संगठनको नेतृत्व गर्ने सम्भावना उच्च भएकाले यो बढुवा प्रक्रिया निकै पेचिलो बन्दै गएको छ।

बढुवाका प्रमुख दावेदारहरूमा डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदीलगायतका अधिकारीहरू छन्।

एआईजी राजु अर्याल १७ वैशाख २०८३ मा अनिवार्य अवकाशमा जाँदै छन्, जसपछि नारायणदत्त पौडेल वा वंशी दाहाल आईजी बन्ने सम्भावना छ। तर, उनीहरू पनि १७ चैत २०८४ मा अवकाश हुने भएकाले अहिले बढुवा हुने एआईजी नै भावी आईजी बन्ने बलियो आधार देखिएको छ।

यसैबीच, रिक्त एक पद मात्र नभई मानव स्रोत र प्रशासन विभागलाई पुनः फरक–फरक बनाएर थप दरबन्दी सिर्जना गर्ने चलखेलसमेत सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय