
काठमाण्डौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा हिलो र चिप्लोपनका कारण सवारी आवतजावत ठप्प भएको छ। निरन्तरको वर्षाले बाटो चिप्लो बनेपछि राजमार्गमा आवागमन अवरुद्ध भएको हो।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सडक अबरुद्ध हुँदा सयौं सवारीसाधन र यात्रुहरू बीच सडकमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएका छन्।

यस क्षेत्रमा बुधबारदेखि चैत ३१ गतेसम्म दिनको ११ः०० बजेदेखि ३ः०० बजेसम्म सवारी आवागमन बन्द गरी मर्मतकार्य सुरु गरिएको थियो। त्यस्तै, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सडक विस्तारको काम हुने जनाइएको छ।



