
काठमाडौँ – सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा हवल्दार समेत पक्राउ परेका छन्।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन मा कार्यरत हवल्दार रेशम बहादुर शाही लाई चैत ६ गते पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलिया ले जानकारी दिएका छन्। प्रशिक्षक समेत रहेका शाहीलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको हो।

यसअघि, सोही आरोपमा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर विवेक जोशी पनि पक्राउ परिसकेका थिए। जोशी तनहुँ, भानुस्थित सशस्त्र प्रहरी बल नम्बर–२३, मनकामना गण मा कार्यरत थिए।
इन्स्पेक्टर महत फागुन १० गते लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धान पूरा गरी उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले जानकारी दिए।



