काठमाडौं —  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी संगठनको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।

आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि सरकारले थापालाई नेतृत्वको जिम्मेवारी दिएको हो। हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख रहेका थापा विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

महानिरीक्षकको दौडमा थापा पहिलो नम्बरमा

महानिरीक्षक बन्ने दौडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। उनीहरू एकै ब्याचका अधिकृत भए पनि वरियताका आधारमा थापा अगाडि रहे।

थापा २०७९ फागुन २६ मा एआइजीमा सिफारिस भएका थिए भने, २०७० चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो। थापा एआइजीमा बढुवा भएको दुई सातापछि मात्र गिरी र तामाङ एआइजी बनेका थिए।

नेपाल प्रहरीको नेतृत्वमा पुगेका आईजीपी थापासँग संगठनको सुधार, अपराध नियन्त्रण, अनुसन्धान सुदृढीकरण तथा शान्ति सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय