काठमाण्डौं – तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्।

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा बिरामी थिए।

‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय