काठमाण्डौं— गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पर्साबाट एकजनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको प्रहरी टोलीले गत सोमबार पक्राउ गरेको हो।

नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा गरिएको अनुसन्धानका आधारमा वीरगंज-१६ र ३० स्थित घरबाट अवैध रूपमा संचालन भइरहेको कल बाइपासमा प्रयोग भएका उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पटेलको साथबाट VOIP गेटवे (३२ पोर्ट) २ थान, १८ पोर्टको एक थान, १४ थान सिम कार्ड, ४ थान राउटर, २ थान ल्यापटप, २ थान ब्याट्री, २ थान इनभर्टर, १ थान कनेक्टर, १ थान मोबाइल र १ थान पेनड्राइभ बरामद गरिएको छ।

प्रहरीका अनुसार उनीमाथि दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय