काठमाडौं — नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बीच तालिमको शुभारम्भ गर्दै यसले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

महासेनानी दर्जाका ३५ जना अधिकृत (महिला-२, पुरुष-३३) सहभागी रहेको यो तालिम नेपाली सेनाका अधिकृतहरूका लागि नेपालमा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम मानिन्छ। वि.सं. २०७१ देखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म १३ महिला सहित ३४० जना अधिकृत प्रशिक्षित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय