काठमाडौं— नेपाली सेनाको उपरथीमा बढुवा भएका कृष्णकुमार जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापति नियुक्त गरिएको छ। सहायक रथी जिसीलाई फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

आज (सोमबार) जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले जिसीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरे। पदोन्नतिसँगै जिसीलाई मध्य पूर्वी पृतनाको नेतृत्व दिने निर्णय गरिएको नेपाली सेनाले जनाएको छ।

त्यसै अवसरमा प्रधानसेनापतिले महासेनानी दर्जामा बढुवा भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई पनि महासेनानीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, उच्च अधिकृतहरू तथा पदोन्नति प्राप्त अधिकृतहरूको परिवारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय