काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट गण्डकी प्रदेशको माघ महिनाको उत्कृष्ट प्रहरी बनेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयले ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ अनुसार उनलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावलले विष्टलाई सम्मान गरेका हुन्। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विष्टले १९ वर्ष ११ महिना ११ दिन कैद सजाय पाएकी र २७ वर्षदेखि फरार महिलालाई पक्राउ गरेका थिए।

यस्तै, उनले सरकारी छाप किर्ते मुद्दामा ११ महिना १७ दिन कैद फैसला भई १२ वर्षदेखि फरार रहेका एक व्यक्ति तथा अन्य २७ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयले विष्टको उत्कृष्ट कार्यप्रति प्रशंसा गर्दै प्रहरी कार्यसम्पादन मूल्यांकनको अभिलेखमा उनको योगदानलाई विशेष रूपमा समावेश गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय