काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) गोपाल खत्री माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

कार्यालयअन्तर्गतको कार्य सम्पादन मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा चयन गरिएको हो। ६ नम्बर पिल्लरमा कार्यरत खत्रीले माघ महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महत्वपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान दिएपछि उनलाई सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ।

संगठनमा कार्यरत प्रहरीको मनोबल वृद्धि गर्दै उनीहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले कार्यालयले केही समयदेखि ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्ने परिपाटी बसाल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय