
काठमाण्डौं— कपिलवस्तुको कृष्णनगर ट्रान्समिटर क्षेत्रमा खटिएको प्रहरी टोलीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरिरहेका एक व्यक्तिलाई लागू औषधसहित पक्राउ गरेको छ।
कृष्णनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुरज क्षेत्रीका अनुसार भारत, उत्तर प्रदेश, बलरामपुर जिल्लाको मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर निवासी अन्दाजी ३८ वर्षीय पारस गौडलाई चेकजाँच गर्दा उनको साथबाट २ पुडिया ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरिएको छ। बरामद पदार्थको शुद्ध तौल २७० मिलिग्राम रहेको छ।

प्रहरीले गौडलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिई सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरी अनुसन्धानबाट खुलेअनुसार पारस गौड यसअघि पनि चोरी मुद्दामा संलग्न रहेको र मिति २०८१।०२।२५ गते चोरी अभियोगमा पक्राउ परी तीन महिना कैद भुक्तान गरिसकेका थिए।



