काठमाण्डौं— प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा सुनसरी इनरुवा–६ का २२ वर्षीय आकाश उर्फ विनोद दाहाल पक्राउ परेका छन्।

उनले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भएको भन्दै लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छुभनी विभिन्न व्यक्तिहरूसँग रकम ठगी गरेको आरोप लागेको छ।

इलाका प्रहरी कार्यालय पकलीमा हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिने बहानामा उनले हेमनकी आमासँग ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

सुनसरी प्रहरीले विनोदको साथबाट ठगी गरिएको १५ हजार रुपैयाँ र एकथान मोबाइल बरामद गरेको जनाएको छ। उनलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय