
काठमाण्डौं— नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, शान्ति सुरक्षाको सुनिश्चितता, सीमा सुरक्षा सुदृढीकरण तथा अन्य सीमा अपराध रोकथाम गर्ने उद्देश्यले समकक्षी सुरक्षा निकायहरूबीचको समन्वयलाई मजबुत बनाउँदै संयुक्त सीमा गस्ती सम्पन्न भएको छ ।
उक्त गस्ती इलाका प्रहरी कार्यालय बेलहिया, सशस्त्र प्रहरी बल नेपाल, भारतीय सीमा सुरक्षा बल (SSB) तथा भारत उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज मुकेश न्यौपानेले जानकारी दिनु भयो ।

गस्तीका क्रममा सिमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधिहरूको निगरानी गर्दै शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा थप प्रभावकारी कदम चालिएको साथै, नेपाल–भारत सुरक्षा निकायहरूबीचको सहकार्यलाई सुदृढ बनाउने प्रयास भैरहेको समेत जानकारी दिनुभयो ।




