तिमीलाई साच्चिकै जुन उपहार दिन सक्दिन,
त्यो विशाल आकाशबाट झार्न सक्दिन,
हातले समातेर तिम्रो मुटुमा राख्न सक्दिन।
तर म के दिन सक्छु?

तिमीलाई म दिन सक्छु—
त्यो जून हेर्दा आउने शान्ति,
उसको उज्यालोमा लुकेको माया,
रातभर हाम्रो मौनतामा झर्ने उसका किरणहरू।

तिमीलाई म दिन सक्छु—
जूनले जस्तै कहिल्यै नओइलिने माया,
उसले जस्तै टाढाबाट पनि साथ दिन्छु,
अँध्यारो रातमा तिमीलाई कहिल्यै एक्लो नछोड्ने वाचा।

तिमीलाई साच्चिकै मुने उपहार दिन सक्दिन,
तर म तिमीलाई दिन सक्छु—
मेरो आँखा भरि तिमी, मेरो मुटु भरि तिमी,
मेरो सारा अस्तित्वमा तिमी।

म तिमीलाई जूनजस्तै प्रेम दिन सक्छु,
जो कहिल्यै झर्दैन, कहिल्यै हराउँदैन।

✍️ प्रेक्षा धामी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय