सिरहा — लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुनचाँदी व्यवसाय) मा डाँका गर्ने योजना बनाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लहान नगरपालिका–७ का व्यवसायी विकास कुमार शारदाको जाहेरीका आधारमा सुखिपुर नगरपालिका–८ का ४५ वर्षीय इन्दल भन्ने इन्द्र नारायण चौधरी, लहान नगरपालिका–२२ का ३१ वर्षीय भैरव भन्ने देव कुमार मुखिया, भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डल पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा उनीहरूलाई पक्राउ गरेको थियो।

सिरहा जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय