काठमाडौं — नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली इमेल बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिकाका २० वर्षीय मनिषकुमार मेहता र २१ वर्षीय इन्द्रजित यादव रहेका छन्।

प्रहरीकै उच्च अधिकारीको नाम, दर्जा र साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी डरमा पारेर ठगी गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय