
काठमाण्डौं — शान्ति सुरक्षा नियन्त्रणमा सक्रिय डडेल्धुरा प्रहरीले पछिल्लो समय फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्दै आएको छ। चालू आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले देशभरमै फरार प्रतिवादी पक्राउ गर्ने सूचीमा तेस्रो स्थान हासिल गरेको छ भने सुदूरपश्चिममा पहिलो बनेको छ।
गृह मन्त्रालयले आज भर्चुअल बैठकमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार डडेल्धुरा प्रहरीले १२९ जना फरारमध्ये ४८ जनालाई पक्राउ गरेको छ, जसको सफलता दर ३७.२१ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै फरार प्रतिवादी पक्राउ गर्ने सूचीमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पहिलो स्थानमा छ। त्यहाँ २८ जना फरारमध्ये १४ जनालाई (५०%) पक्राउ गरिएको छ। दोस्रो स्थानमा रहेको पर्वत प्रहरीले १८१ फरार अभियुक्तमध्ये ६९ जनालाई (३८.१२%) पक्राउ गर्न सफल भएको छ।
डडेल्धुरा प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरूको महत्त्वपूर्ण भूमिकाका कारण यो उपलब्धि सम्भव भएको बताए। साथै, उनले कानुन कार्यान्वयनमा डडेल्धुरा प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरे।
पुष महिनासम्ममा धेरै प्रतिवादी पक्राउ गर्ने जिल्लीहरू —

Oplus_131072



