
काठमाडौं — नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का ७५ पद रिक्त भएका छन्, जसका लागि २०७० सालमा भर्ना भएका ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिस्पर्धामा छन्।
डीएसपी पद रिक्त भएपछि प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट बढुवाको तयारी थालेको छ। हाल प्रतिस्पर्धामा२०७० मा इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरू छन्।

यसअघि, २२ जेठ २०८० मा २०७० ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए, जसमा रन्जन अवा, कमलबेल्वासे, र यमकुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो, र तेस्रो स्थानमा थिए। त्यसपछि २२ चैत २०८० मा थप १९ जना बढुवा सिफारिस भए।
हाल, सोही ब्याचका ७९ जना इन्सपेक्टर प्रतिस्पर्धामा छन्, तर डीएसपीका लागि ७५ पद मात्र खाली भएकाले ४ जनाछुट्ने निश्चित छ। बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति रहनेछ, जसले केही दिनमै सिफारिस गर्नेतयारी गरिरहेको छ। हाल यो ब्याचका ७९ जना इन्स्पेक्टर डीएसपी बढुवाको प्रतिस्पर्धामा छन्।
७५ पदका लागि ७९ प्रतिस्पर्धी , ४ जना अझै छुट्ने —
हाल डीएसपी बढुवाका लागि प्रतिस्पर्धा गर्ने ७९ जना प्रहरी निरीक्षकहरूमध्ये केहीको नाम यसप्रकार छन्:
इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्रभूषण यादव, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदीप बस्याल, शिला थापा, विक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भीमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवसबहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुमार बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर, राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बस्नेत र अनिल पण्डित।
इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा एक समिति रहनेछ। सो समितिमा गृहमन्त्रालयका सहसचिव सदस्यका रूपमा रहने छन् भने प्रहरी महानिरीक्षकले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ।
अबको केही दिनमा डीएसपी बढुवाका लागि औपचारिक प्रक्रिया अघि बढ्ने बताइएको छ।



