काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाललाई सुन्दर मात्र नभई सुरक्षित गन्तव्यका रूपमा विश्वमा चिनाउन सके पर्यटन क्षेत्रमा थप आकर्षण बढ्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ४६औं पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कुँवरले पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

आईजीपी कुँवरले पर्यटकको सुरक्षामा नेपाल प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने बताउँदै सरोकारवाला निकायहरूको समन्वयात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरे। पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन सबै पक्षले चासो राख्नुपर्नेमा उनले जोड दिए।

उनले नेपाल पर्यटकीय दृष्टिकोणबाट आकर्षणको केन्द्र रहेको भन्दै, पर्यटन प्रवर्द्धनका लागि सुरक्षाको पक्षमा ध्यान दिन आवश्यक रहेको बताए। पर्यटक प्रहरीको क्षमता अभिवृद्धि र प्रभावकारीता बढाउनु जरुरी रहेको उनको धारणा थियो।

नेपाललाई सुरक्षित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न, पर्यटन सुरक्षा व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको आईजीपी कुँवरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय