काठमाण्डौं। काभ्रेपलाञ्चोक जिल्ला अदालतले साइबर अपराध मुद्दामा दार्चुलाको मार्मा गाउँपालिका निवासी महेशसिंह कोट्टारीलाई एक महिना कैद र पीडित युवतीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

कोट्टारी र पीडित युवतीबीच सामाजिक सञ्जालमार्फत कुराकानी हुँदै आएको थियो। २०७९ फागुन २६ गते उनी युवतीलाई भेट्न आएका थिए। विवाहको प्रस्तावमा युवती र उनका अभिभावकले असहमति जनाएपछि, कोट्टारीले युवतीको फोटोहरू सम्पादन गरी नक्कली आइडीमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। साथै, ती तस्बिरहरू युवतीका आफन्त र साथीहरूलाई समेत पठाएका थिए।

युवतीले तस्बिरहरू हटाउन आग्रह गर्दा, कोट्टारीले २५ लाख रुपैयाँ माग गर्दै परिवारलाई धम्की दिएका थिए। यस सम्बन्धमा काभ्रे प्रहरीले मुद्दा दायर गरेको थियो। न्यायाधीश शिवकुमार पोखरेलको इजलासले ३ माघमा कोट्टारीलाई दोषी ठहर गर्दै कैद, क्षतिपूर्ति, पीडित राहत कोषमा दुई सय रुपैयाँ र अपराधमा प्रयोग भएको मोबाइल जफत गर्ने फैसला गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय