
काठमाडौं – प्रहरी कार्यमा उत्कृष्ट योगदान पुर्याए बापत प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी निरीक्षक किरण राउतलाई २०८१ साल पौष महिनाको Police of The Month बाट सम्मानित भएका छन् भने प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दल कुमार राईलाई पुरस्कृत गरिएको छ।
उनिहरूले समाजमा शान्ति सुरक्षा कायम गर्दै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै आज जिल्ला प्रहरी परिसर काठमाण्डौंका एसएसपी बसन्त रजौरेले प्रंशसा पत्रद्दारा सम्मान गरेका हुन्।

प्रंससा पत्रमा लेखिएको छ — अपराध नियन्त्रण, अनुसन्धान, र शान्ति सुरक्षा कायम गर्न लगनशील र कर्तव्यनिष्ठ भूमिका निर्वाह गरेको भन्दै २०८१ साल पौष महिनाको Police of The Month सम्मान प्रदान गरेको छ। नागरिकलाई सुरक्षाको अनुभूति गराउँदै प्रहरी संगठनको गरिमा वृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै प्रशंसा–पत्र प्रदान गरिएको हो।
साथै उनिहरू बाट आगामी दिनमा पनि काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण, र शान्ति सुरक्षा व्यवस्थापनमा थप महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत रहेको एसएसपी रजौरेले जानकारी दिनु भयो ।




