काठमाडौँ । नेकपा एमाले कैलालीले डा. भीम रावलको पक्षमा सक्रिय सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।

शनिबार बसेको जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई पार्टीको संगठित सदस्यबाट समेत हटाउन सिफारिस गरेको हो। एमाले कैलालीका अनुसार, उनीहरू भीम रावलको मातृभूमि जागरण अभियानमा संलग्न देखिएका कारण कारबाहीका लागि सिफारिस गरिएको हो।

सुवेदीद्वय नातामा बाबुछोरा हुन्। पार्टीले उनीहरूलाई रावल निकट रहेको र रावलको अभियानमा सक्रिय देखिएको भन्दै संगठनविरोधी गतिविधिमा संलग्न ठहर गरेको छ।

भीम रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै विभिन्न जिल्लाको दौडाहामा व्यस्त छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय