
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुसन भट्टराई ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष महिनाका लागि भट्टराईलाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर नं ४ मा कार्यरत छन् ।

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।




