
काठमाडौँ । प्रहरीले काठमाडौंको काँडाघारीबाट रक्तचन्दन (रातो काठ) सहित २ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा उक्त काठसहित बुधबार २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बोरामा प्याक गरेर राखिएको अवस्थामा राखिएको ४३२ केजी रातो काठ बरामद गरेको हो । उक्त काठसहित रमेश थापा र ज्ञान बहाददुर तिमिल्सिनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए




