
२५ वर्षअघि खाद्यान्न खरिद बिक्रीबाट व्यापार शुरु गरेका टीकाराम जैशीले अहिले मालिकाग्रुप एण्ड होल्डिङ कम्पनी भित्र आठ वटा व्यवसाय सञ्चालन गरिरहेका छन् । यसमा व्यवसायिक नाफा कमाउने दैनिक ४० टन तारजाली उत्पादनहुने उद्योगदेखि सामाजिक उत्तरदायित्व बहन गर्न दैनिक डेढ सय लिटर क्लिनर उत्पादन भैरहेको छ । वार्षिक तीन अर्बको कारोवार हुने सबै व्यवसायमा ५०० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।
मालिकाग्रुप एण्ड होल्डिङ कम्पनी र त्यसका सञ्चालक टीकाराम जैसीको व्यवसायिक इतिहास लामो छैन् । वि.सं. २०५६ सालमा सिमेन्टको टायल बनाएर शुरु भएको व्यवसायिक यात्रामा २०५८ सालमा एके ट्रेडर्स दर्ता गरेर खाद्यान्न र मलको कारोवार थपियो ।२०६० मासिमेन्ट सरिया बिक्री, २०६७मा धनगढीस्थित रोशनी इन्टरप्राइजेजबाट एसीइ ब्राण्डको ट्याक्टर, मोटरसाइकल,सिमेन्ट, छड, कर्कटपाताको व्यापार, २०७६ सालमा विरगंजबाट तार ल्याएर लम्कीचुहा नगरपालिकाको गुलरामा मालिका तारजाली उद्योग सञ्चालनमा किला र ग्याविन बनाउने काम शुरु भएको थियो ।

बजारको मागबुझ्दा उद्योग नै चल्ने संभावना देखिएपछि २०७७मा जिआइ प्लान्ट स्थापनार २०७९ मा मालिका स्टील र मालिका तारजाली उद्योग एकै ठाउँबाट सञ्चालनमा ल्याउनु भएको छ ।पछिल्लो उद्योग स्थापनापछि जैसीको उद्योगीको पहिचान बनेको छ ।
२०६१ मा नेपालगञ्जमा सिमेन्ट सरियाको व्यापार, २०६२ मा काठमाडौं अनामनगरमा चामलतोरी लगायतको किरानापसल, २०६४ मा पथरैयामा आरएस सः (काठ) मिल,कुलेश्वर काठमाडौंमा गोदाम राखेर तोरी भुटेर तेल निकालेर बेच्ने गरेको व्यवसाय भने समय अभावमा बन्द गरेका छन् ।

मालिकाग्रुप एण्ड होल्डिङ अन्तरगत मालिका स्टील, मालिका तारजाली उद्योगका साथै विभिन्न जिल्लामा पाँच वटा शाखाभएको रोशनी इन्टरप्राइजेज, कैलालीका विभिन्नबजारमा नौ वटा शाखा रहेको एके ट्रेडर्स, मालिका इन्भेष्टमेन्ट कम्पनी, मालिका इन्कर्पोरेट, मालिका इलेक्ट्रोनिक्स काठमाडौं, ग्यालेक्सी रेष्टुरेन्ट धनगढी सञ्चालनमा छन् । कुनै कुनै कम्पनीमा पाँच देखि २० प्रतिशतसम्म अन्य व्यक्तिलाई साझेदार बनाएपनि ८० प्रतिशत लगानी र सम्पत्ति जैसी एक्लैको रहेको छ । छ वटा कम्पनीको आफ्नै घरजग्गा छन् । स्टील उद्योगको जग्गामात्रै साढे चार विघा छ ।

दुई अर्बको उद्योग
मालिकाग्रुप एण्डहोल्डिङ कम्पनीको सबैभन्दा कान्छो उद्योगका रुपमामालिका स्टिल, मालिकातार जालीउद्योग हुन् । यीदुबै उद्योग सुदूरपश्चिमको जानकीगाउँपालिका–८ पहाडीपुरमा छन् । पूर्वबाट पश्चिमसम्म तारजाली पुर्याउन भाडा नै महँगो पर्ने तर पश्चिममा नै उत्पादन गरे बजार पाइने भएकाले मालिका स्टील र मालिका तारजाली उद्योग खुलेका हुन् ।
मालिका स्टीलले चीन, मलेसिया, इण्डोनेसिया, भारतबाट कच्चापदार्थ ल्याई तीन वटा मेशिनप्रयोग गरेर तारलाई ग्याल्वनाइज गरी कोटेड र अनकोडेड तार बनाउछ भने मालिकातार जालीउद्योगले २० प्रकारका ग्याविनबक्स, २० प्रकारका चेन लिंक (एयरपोर्ट, सरकारी कार्यालयको पर्खालका रुपमाप्रयोग हुने तार), सात एमएमसम्मका सरिया, काँडेतार, वाइडिङतार, किला गरी १० प्रकारका उत्पादन छन् । स्टील उद्योगमाजग्गा उपकरण खरिदमा एक अर्ब, सञ्चालनखर्च ५० करोड छ भने तार जालीउद्योगमा ५० करोड लगानीभएको छ ।
११ महिना २४सै घण्टा चल्ने उद्योगले दैनिक ४० टन तारजालीलगायतका सामग्रीउत्पादन गर्छ । उत्पादनहुने र बेच्ने सिजन माघदेखि असार भएकाले उद्योग परिसर भरिभराउ छ । यसको उत्पादन सुदूरपश्चिम, कर्णालीप्रदेशका सबै जिल्ला र लुम्विनीप्रलेशकाबाँके र बर्दियामापुग्ने गरेको छ । उत्पादनअनुसार पारिश्रमिकपाइने भएकाले कामदारले काम गरे नगरेको निगरानी गर्नुपर्दैन राम्ररी काम गर्ने कामदार १२ घण्टाको दुई हजारसम्म कमाउछन् ।उद्योगमा७५ प्रतिशतकामदार नेपाली छन् ।
सामाजिक उत्तरदायित्व
मालिकागु्रप एण्ड होल्डिङ्सले सामाजिक उत्तरदायित्व अन्तरगत स्टील उद्योगबाट उत्पादनहुने रसायनमा आवश्यक अन्य रसायन मिलाएर ट्वाइलेट क्लीनर रअन्य क्लीनर उत्पादन गरिरहेको छ । ग्रुपका सबै कम्पनीको ५० लाख बीउपूजीबाट शुरु भएको क्लीनर उत्पादनमा दैनिक चार जनाले राजगारी पाएका छन् । उत्पादनआफ्नै गाडीमा राखेर बिक्रीगरिरहेको छ । दैनिक एक हजार २०० लिटर रसायनमा २५ प्रतिशतअन्य रसाउनमिसाएर दैनिक एक हजार ५०० लिटर उत्पादनहुन सक्ने भएपनि शुरुवाति चरणमा दैनिक १५० लिटर उत्पादन भैरहेको छ ।
क्लीनर बिक्रीबाट आएको आम्दानीले खर्च कटाई बाँकीमालिका कृपा फाउण्डेशनका नामबाट सामाजिक क्षेत्रमाखर्च गर्ने गरेको छ । एक वर्षअघि मात्रै स्थापना भएको फाउण्डेशनले यसबाट स्वास्थ्य शिविरभएको छ ।विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्न थालेको छ।
कर्णालीमावि टीकापुरका प्रधानाध्यापक धर्मराजशर्मा मालिका कृपा फाउण्डेशनले विपन्न बालबालिकालाई स्टेशनरी प्रदान गर्ने, स्वास्थ्यशिविर सञ्चालनगरिरहेको छ भने ५० जना जति बालबालिकालाई शिक्षामा निरन्तर सहयोग गर्न लागेको प्रस्ताव आफूले पाएको बताउछन् ।
सामाजिक क्षेत्रमापनि सक्रिय
टीकापुरस्थित १८ विघाको हवाई मैदान मुक्तकमैंयाको कब्जामा थियो । त्यहाँ ४०० जति मुक्तकमैंंया टहरा बनाएर बसेका थिए । टीकापुर विमानस्थल अध्ययन सञ्चालन तथा व्यवस्थापन गर्न २०६६ सालमा नागरिक तहबाट एउटा समिति बन्यो । यसको संयोजकको भूमिका जैसीले गरेका थिए । यो समितिले पहल गरी हवाई मैदानमा रहेका मुक्तकमैंयालाई नगर विकासको जग्गामापुनःस्थापना गरेर सो वापतनगर विकासले सरकारबाट छ करोड रुपियाँपाएको थियो भने हवाइ मैदानखालीभई व्यवस्थित र सुरक्षितभएको छ । यद्यपिधावनमार्ग कमभएकाले ठूला जहाज बस्न नसक्दा पुरानै अवस्थामा सञ्चालनमाआउन सकेको छैन् । जैसी कसैका कुरा नकाटने सामाजिककाम गरौं भन्दा पछि नहटने सकारात्मक सोच राख्ने असलव्यक्तिभएको नेकपा (एमाले) का नेतामातृका तिमिल्सेनाको भनाई छ ।

पवित्र कर्णालीनदीको काख, दुर्लभ शिवलिंगभएको पद्मप्रकोश्वर मन्दिर र ऋषिमूनिहरुको भारतको नैमिसारण्यदेखि चीनको मानसरोवर जाने मार्गका रुपमा रहेको टीकापुरलाई विश्वनाथधामका रुपमाविकास गर्ने धार्मिक पर्यटन प्रवद्र्धन गरी टीकापुर क्षेत्रको विकास गर्नेअभियान समय खर्चिनु भएको छ । हिन्दू धर्मावलम्बीकालागिमहाकुम्भ र धामको महत्वभएकाले अहिलेका स्थापितधामहरु र त्यहाँ भैरहेकामहाकुम्भ, कुम्भ मेलाहरुलाई सकेसम्म नछुटाइ अवलोकन गरिरहेको जैसी बताउछन् ।
अनुभवर सोच
उद्योगीव्यवसायीहरुले आफ्ना कुरा सरकारलाई सुनाउन संगठित हुनैपर्ने आवश्यक ठान्छन् जैसी । उनीहालनेपालउद्योग तथाव्यापार महासंघका केन्द्रीयउपाध्यक्ष (उद्योग)हुन । प्रधानमन्त्रीपुष्पकमलदाहालको दुई पटकको भारत भ्रमण, एकपटक चीन भ्रमण र केपीशर्मा ओलीकोभारत भ्रमणका बेला सहभागीभएकाथिएभने व्यवसायिक र माजिककामकासिलसिलामाचीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, थाइलैण्ड, सिंगापुर, मलेसिया, कम्वोडिया, इण्डोनेसिया, मरिसस, टर्कीको भ्रमण गरेका छन् ।
नेपालीहरुले समाजसेवाबाट आयआर्जन गर्ने सोचका कारण सामाजिकविकास हुननसकेको ठान्ने जैसीकोभिड १९ को महामारीपछि उद्योगकानाममा ऋण लिएर घरजग्गावाअन्य क्षेत्रमालागेका व्यवसायीआर्थिक संकटमा परेको बताउछन् ।
उत्पादनको चार गुणा ऋण पाइरहेकाउद्योगीव्यवसायीहरुलाई तत्कालिन केपीओलीसरकार फेरिएपछि या त उत्पादन चार गुणा बढाउ या सावाब्याज घटाउ भन्ने दवावका कारण धरासायीभएको बताउछन् ।अर्थतन्त्रकमजोर भएका बेला सरकार परिवर्तन भयो । सरकार र राष्ट्र बैंकको तालमेल मिलेन ।
उनी भन्छन्, ‘शतप्रतिशत ऋणको भरमाउद्योगव्यवसायचलाउनु जोखिमपूर्ण हुन्छ ।’मालिकाग्रुप एण्ड होल्डिङ्सले डेढ अर्ब जतिमात्रै ऋण लिएको बताउछन् ।कुनै व्यवसायिक घरानावाविषयगतअध्ययननभएपनिसिक्दै अनुभवकै आधारमाव्यापार बिस्तार गरेको मालिका ग्रुपलाई बैंक तथावित्तीय संस्थाको विश्वास गरेको बताउछन् । उनी भन्छन् ,‘व्यवसायमानाफा घाटा भैरहन्छ तर व्यवसायविस्तार व्यवस्थापनगर्दा केही राम्रै चलेका व्यवसायपनिबन्द गर्नु प¥यो तर घाटा लागेर बन्द गर्नु परेको छैन् ।’
✍️ः- एकेन्द्र तिमिल्सेना




